अनौठो: एयर न्युजिल्याण्डले अबदेखि ह्याण्ड लगेजको साथ यात्रुको तौल पनि नाप्ने

584 Shares

न्युजिल्याण्डको राष्ट्रिय हवाईसेवा एयर न्युजिल्याण्डले आगामी ५ हफ्ता सम्म हरेक उडानमा यात्रा गर्ने यात्रुको तौल नाप्ने भएको छ ।
यात्रुले अब आफ्नो ह्याण्ड लगेजको साथ आफ्नो तौल समेत नाप्नु पर्ने छ । आज बाट यो प्रकृया सुरु गरिएको छ । उडानमा जाने हरेक चिजको तौलको विवरण आवश्यक पर्ने भन्दै एयर न्युजिल्याण्डले केही हफ्ताका लागि यस्तो गर्न लागेको हो । यो प्रकृया अनिवार्य नभएकाले आफ्नो तौल कति छ भनेर नाप्नै पर्ने बाध्यता भने छैन । एयर न्युजिल्याण्डले हरेक ५ वर्षमा यस्तो प्रकृया गर्ने गरेको छ । यस्लाई एयर न्युजिल्याण्डले सर्वेक्षणको रुपमा लिएको छ । सर्वेक्षण पुरा गर्न १० हजार यात्रुको तौल नाप्नु पर्ने भएकाले यो कम्तिमा ५ हफ्ता सम्म चल्ने बताएको छ । एयरपोर्टमा नापिएको तौलको विवरण कतै सार्वजनिक नगरिने भएकाले ढुक्क साथ सर्वेक्षणमा सहभागी हुन एयर न्युजिल्याण्डले आवहान गरेको छ ।

सम्बन्धित समाचार

सबै