‘नेपालीको चाहना अनुसार एभरेष्ट डेलाई औपचारिक रुपमा मनाउन सकारात्मक छु’: प्रधानमन्त्री

300 Shares

प्रधानमन्त्री क्रिस हिप्किन्सले न्युजिल्यान्डमा भएका नेपालीहरुले एभरेष्ट डे लाई औपचारिक रुपमा मनाउन ईच्छा राखेको र त्यस्मा आफु सकारात्मक रहेको बताएका छन् । मन्त्रीपरिषद बैठक पछि सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री हिप्किन्सले उक्त कुरा बताएका हुन् ।
पत्रकार सम्मेलनको सुरु मै प्रधानमन्त्रीले आज विश्वको सर्वच्च शिखर माउन्ट एभरेष्टमा पहिलो पटक सफल आरोहण भएको दिन भन्दै ७० औँ एभरेष्ट डेको शुभकामना दिएका थिए । उनले आजको दिन न्युजिल्याण्डको लागि गर्वको बिषय भएको पनि बताए ।
पत्रकार सम्मेलन कै क्रममा पत्रकारको प्रश्नमा उनले एभरेष्ट डेलाई औपचारिकता दिन आफु सकारात्मक रहेको बताएका थिए ।
”प्रधानमन्त्री ज्यु,एभरेष्ट डे लाई औपचारिक रुपमा मनाउने बारे तपाईंको के धारणा छ ” पत्रकारको प्रश्न थियो , जवाफमा हिप्किन्सले धेरै नेपालीले एभरेष्ट डे लाई औपचारिक रुपमा मनाउन ईच्छा राखेको र त्यस्मा आफु सकारात्मक रहेको बताएका छन् । उनले एभरेष्ट डेको अवसरमा सार्वजनिक बिदा दिन सम्भव नभएतापनि औपचारिक रुपमा एभरेष्ट डे लाई मनाउन सकिने बताए ।

सम्बन्धित समाचार

सबै