नागरिकता विधेयक तत्काल अघि नबढाउनु: सर्वोच्च अदालत – New Zealand News Nepal (NZ News Nepal)

नागरिकता विधेयक तत्काल अघि नबढाउनु: सर्वोच्च अदालत

   June 5, 2023  

सर्वोच्च अदालतले नागरिकता विधेयक तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अर्को सुनुवाइ नभएसम्मका लागि अन्तरिम आदेश जारी गरेको हो।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीसहितले राष्ट्रपति रामचन्द्र पौडेलले हालै प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन रोक्न माग गर्दै रिट दायर गरेका थिए।

उक्त रिटमा पहिलो सुनुवाइ गर्दै आइतबार सर्वोच्चले यस्तो आदेश गरेको हो। सर्वोच्चको यो आदेशपछि नागरिकता सम्बन्धी कानुन अनुसार नागरिकता वितरण रोक्नुपर्ने भएको छ।