क्राईसचर्चमा करिब ३०० नेपालीले लिए पासपोर्ट नविकरण सेवा – New Zealand News Nepal (NZ News Nepal)

क्राईसचर्चमा करिब ३०० नेपालीले लिए पासपोर्ट नविकरण सेवा

   June 7, 2023  

न्युजिल्याण्डको क्राइसचर्चमा करिब ३०० नेपालीले पासपोर्ट नविकरण सेवा लिएका छन् । अवैतानिक वाणिज्यदुताबास न्यूजिल्याण्ड र नेपाली राजदुतावास क्यान्बेराले  संयुक्त रुपमा सुरु गरेको मोबाईल कन्सुलर घुम्ती सेवा अन्तर्गत यही जुन २ देखि ५ तारिख सम्म ४ दिन क्राईसचर्चमा आयोजना गरिएको थियो । उक्त घुम्ती सेवा मा २९० जना भन्दा बढी नेपाली हरुको राहदानी नविकरणको लागि बायोमेट्रीक लिने कार्य सम्पन्न भएको अवैतानिक वाणिज्यदुताबास न्युजिल्याण्डका वाणिज्यदुत आत्माराम खनालले जानकारी दिनु भएको छ ।
यो कार्यक्रम सम्पन्न गर्न क्यान्टवरी नेप्लिज सोसाइटी बाट ४ दिन सम्म भौतिक तथा स्वंसेवकहरु उपलब्ध गराएको थियो । घुम्ती सेवा कार्यक्रम लाई सहयोग गर्ने सम्पूर्णमा खनालले धन्यवाद व्यक्त गर्नु भएको छ ।