फिजीका प्रधानमन्त्री सिटिभेनी रबुका न्युजिल्याण्ड आई पुगेका छन् । उनी आफ्नो ४ दिने औपचारिक भ्रमणका क्रममा सोमबार न्युजिल्याण्ड आईपुगेका हुन् । न्युजिल्याण्डमा रहँदा रबुकाले अकल्याण्ड र राजधानी वेलिङटनमा द्विपक्षीय बैठकहरू र राष्ट्रिय युद्ध स्मारक र प्यासिफिक वार मेमोरियलको औपचारिक भ्रमण गर्नेछन्। न्युजिल्यान्ड र फिजीबीच जलवायु परिवर्तन जस्ता पारस्परिक हितका क्षेत्रमा घनिष्ट सहयोग आदानप्रदान र आर्थिक रूपमा समृद्ध प्रशान्त क्षेत्रको सुनिश्चितताका निम्ति दीर्घकालीनरूपमा कार्यगत सम्बन्ध रहेको छ ।
उनले न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्स, परराष्ट्रमन्त्री नानाया माहुता र जलवायु परिवर्तन मन्त्री जेम्स शासँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको छ । त्यस्तै उनले राष्ट्रिय युद्ध स्मारकको औपचारिक भ्रमण गर्ने छन् । प्रधानमन्त्री रबुका बिहीवार फिजी फर्किने छन् ।
रबुका २५ वर्ष पछि न्युजिल्याण्ड आएका हुन् । उनी सन् १९९८ मा न्युजिल्यान्डको भ्रमणमा आएका थिए ।