यातायात मन्त्री माइकल वुडले अकल्यान्ड एयरपोर्टमा आफ्नो स्वामित्व रहेको शेयर घोषणा नगरेको कुरा बाहिर आएपछि मन्त्री पदबाट निलम्बित भएका छन् ।
वुडले १९९० को दशकमा किशोरावस्थामा हुँदा करिब १३,००० डलरको शेयर किनेका थिए। उनले २०२० मा मन्त्री भएपछि मन्त्रिपरिषद् कार्यालयमा सेयर घोषणा गरेका थिए । यद्यपि, उनले २०२२ मा सांसदहरूको सम्पत्ति र अन्य चासोहरूको सार्वजनिक दर्तामा तिनीहरूलाई घोषणा गर्न असफल भए। यो घटनालाई आफ्नो गल्ती भएको बताएका छन् । प्रधानमन्त्री क्रिस हिपकिन्सले माईकल यतायत मन्त्रीको पदबाट निलम्बित भएको जानकारी दिएका हुन् ।
उनको अन्य मन्त्रालयको मन्त्री पद भने यथावत रहेको छ । न्युजिल्याण्ड सरकारमा वुडले ४ वटा मन्त्रालय सम्हालेका थिए । उनले यतायत, ईमिग्रेसन, अकल्याण्ड, कार्यस्थल सम्बन्ध र सुरक्षा र अर्थ सहयोगी मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । तर अकल्याण्ड एयर पोर्ट निर्माणमा उनको शेयर रहेको कुरा बाहिरिएपछि उनले यतायत मन्त्रीको पदबाट भने राजिनामा दिएका हुन् । उनको राजिनामा सँगै कार्यवाहक यातायात मन्त्रीको जिम्मेवारी Kieran McAnulty लाई दिईएको छ ।