के हो ‘एअरपोर्ट शेयर काण्ड’ ? कसरी मुछिए न्युजिल्याण्डका यातायात मन्त्री ?

549 Shares

न्युजिल्याण्डको राजनिती अहिले बहालवाला मन्त्रीको ‘एअरपोर्ट शेयर काण्ड’ले तरङित बनेको छ । न्युजिल्याण्डका यातायात मन्त्री माईकल वुडको अकल्याण्ड एअरपोर्टमा करिब १३ हजार डलरको शेयर रहेको छ । यसबारेमा उनले आफ्नो सम्पत्ति विवरणमा जानकारी नगराएको भनेर रहस्य खुले पछि प्रधानमन्त्री क्रिस हिप्किन्सले उनलाई यतायत मन्त्रीको पदबाट मंगलबार बर्खास्त गरेका छन् ।

सन् १९९० को दशकमा किशोरावस्थामा हुँदा नै वुडले करिब १३,००० डलरको शेयर किनेका रहेछन् । उनले २०२० मा उनी मन्त्री भएपछि मन्त्रिपरिषद् कार्यालयमा सेयर घोषणा गरेका थिए । यद्यपि, उनले २०२२ मा सांसदहरूको सम्पत्ति र अन्य चासोहरूको सार्वजनिक दर्तामा भने ति विवरण उल्लेख गरेनन् ।

उनलाई मन्त्री भईकन उक्त शेयर बेच्न प्रधानमन्त्री स्वयम् ले बारम्बार भनेको तर उनले त्यो शेयर बेच्न कुनै चासो देखाएनन् । अहिले यो कुरा बाहिर आएपछि प्रधानमन्त्रीले उक्त शेयर नबेचेसम्म वुडलाई यतायत मन्त्रीको पद बाट सस्पेन्ड गरेका छन् ।

उनको अन्य मन्त्रालयको मन्त्री पद भने यथावत रहेको छ । न्युजिल्याण्ड सरकारमा वुडले ४ वटा मन्त्रालय सम्हालेका थिए । उनले यातायात, ईमिग्रेसन, अकल्याण्ड, कार्यस्थल सम्बन्ध र सुरक्षा र अर्थ सहयोगी मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

यसबिचमा मन्त्री वुडले शेयर बारे जानकारी नगराउनु र शेयर नबेच्नु आफ्नो गल्ती भएको स्विकारेका छन् ।

प्रधानमन्त्री क्रिस हिप्किन्स लगायत लेबर पार्टीलाई अहिले बिपक्षी दलले यस्तो लापरवाही गरेको भन्दै चर्को आलोचन गरेका छन् । कतीले वुडले अन्य मन्त्रालयको मन्त्री पद बाट समेत राजिनामा दिन माग गरेका छन् ।

सम्बन्धित समाचार

सबै