न्युजिल्याण्डको ५४ औं प्रतिनिधि सभाका लागि आउदो अक्टोबर १४ तारिकका दिन आमनिर्वाचन हुँदै छ । न्युजिल्याण्डको प्रतिनिधि सभामा १२० सिट छन् । जस्का लागि अक्टोबरमा निर्वाचन गर्ने तयारी गरिएको छ । यो निर्वाचनमा पनि हाल सत्तामा रहेको लेबर पार्टी र बिपक्षी दल नेसनलबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
नेसनल ६ वर्षपछि सत्तामा फर्किन चाहन्छ भने लेबर आफ्नो सत्ता जोगाउन चाहन्छ ।
सन् २००८ , २०११ र २०१४ मा भएको आमनिर्वाचनमा न्युजिल्याण्डमा नेसनल पार्टीको सरकार थियो । त्यस पछि सन् २०१७ मा भएको निर्वाचनमा लेबर पार्टीले न्युजिल्याण्डको सबैभन्दा ठुलो पार्टी बन्दै जसिन्डा आर्डेनको नेतृत्व सरकार गठन गरेको थियो । सन् २०२० मा लेबरलाई बहुमत प्राप्त भयो र आर्डेन दोस्रो कार्यकालको लागि प्रधानमन्त्री बनिन् । दुई कार्यकाल सफलता पुर्वक पुरा गरेको लेबरलाई अब सत्ता जोगाउन भने सजिलो छैन । लेबरको लागि सत्ता जोगाउन मुख्य बिपक्षी दल नेसनल मुख्य चुनौती रहेको छ। जनतामा सरकारमा आएको अविश्वासका कारण पनि लेबरको सरकारमा भविष्य अन्योल छ ।
उता नेसनललाई पनि ६ वर्ष पछि सत्तामा फर्किन लेबर पार्टी तगारो बन्ने देखिन्छ ।
नेसनलबाट सन् २०१६ मा बिल ईंग्लिश प्रधानमन्त्री बनेका थिए तर उनको सरकार सन् २०१७ को निर्वाचन सम्म मात्र रह्यो । त्यसअघि नेसनलका जोन कि सन् २००८ देखि सन् २०१६ सम्म ३ कार्यकालका लागि ८ वर्ष सम्म न्युजिल्याण्डका प्रधानमन्त्री बनेका थिए ।
त्यस्पछि भने न्युजिल्याण्डमा लेबर पार्टीको सरकार छ ।


