चार दलले घोषणा गरे समाजवादी मोर्चा नेपाल – New Zealand News Nepal (NZ News Nepal)

चार दलले घोषणा गरे समाजवादी मोर्चा नेपाल

   June 20, 2023  

नेकपा माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा नेपालको घोषणा गरेका छन्। राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा माओवादीसहित नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले संयुक्त रुपमा मोर्चा घोषणा गरेका हुन्।

आजको घोषणा सभामा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव उपस्थित छन्।

चार दलका नेताहरुले घोषणापत्रमा हस्ताक्षरसमेत गरेका छन्। सहमति अनुसार मोर्चामा आलोपालो नेतृत्व हुनेछ।