न्युजिल्याण्डमा रहेको नेपलिज वेलफेयर सोसाईटी इनकर्पोरेटेडले आयोजना गरेको तीज बिशेष टिकटक प्रतियोगियाको बिजता घोषणा गरिएको छ । प्रतियोगितामा मनिषा कुमाल बिजेता बनेकी छिन् । मनिषाको भिडियोमा १,९०१ जनाले लाइक गरेका छन् । त्यस्तै प्रतियोगिताको फर्स्ट रनर अपमा आरती छेत्री कोइराला र सेकेन्ड रनरअप पुष्पा तमाङ बिजयी भएका छन् । कोइरालाको भिडियोमा १,८९९ लाईक्स र तमाङको भिडियोमा १,५०० लाईक्स आएको आयोजकले जनाएको छ । त्यस्तै सहभागी मध्ये सुशिला गुरुङ लक्की ड्र मार्फत बिजता घोषित भएकी थिईन् । प्रतियोगीहरुको टिकटक भिडियो आयोजक संस्थाको फेसबूक पेजमा उपलोड गरिएको थियो । सोही पेजमा आएको लाईक्सको आधारमा बिजेता घोषणा गरिएको हो । आयोजक संस्थाको फेसबूक पेजको लाइभ मार्फत बिजताको नाम घोषणा गरिएको थियो । लाईभ कार्यक्रममा संस्थाका अध्यक्ष दिपक गान्धारी, कोषाध्यक्ष हरी आचार्य , कार्यकारी सदस्यहरु सफल सिवाकोटी र अशोक भट्टराईको उपस्थिती थियो ।


