५० वर्ष पुरानो न्युजिल्याण्ड र चीनको सम्बन्ध

257 Shares

न्युजिल्याण्ड र चीनको सम्बन्ध ५ दशक पुरानो हो । दुई देश बिच आर्थिक,सामाजिक, राजनितिक र सांस्कृतिक सम्बन्ध रहेको छ।
न्युजिल्याण्डको लागि चीन सबैभन्दा ठुलो ट्रेड पार्टनर हो भने न्युजिल्याण्ड चीनको फ्री ट्रेड सम्झौता गर्ने पहिलो बिकसित राष्ट्र हो । दुई देश बिच यो सम्झौता सन् २००८ मा भएको थियो । न्युजिल्याण्डले डेरी, मासु, काठ लगायतका सामान चीन निर्यात गर्ने गरेको छ भने चीनबाट मेसीनेरी, कपडा आदि सामान आयात गर्ने गरेको छ ।

आर्थिक बाहेक दुई देश बिच सामाजिक, राजनितिक र सांस्कृतिक सम्बन्ध पनि रहेको छ ।
चीनमा न्युजिल्याण्डको एउटा राजदुतावास रहेको छ भने ३ शहरमा बाणिज्य दुतावास रहेको छ । चीनको राजधानी बेईजिङमा न्युजिल्याण्ड राजदुतावास रहेको छ। त्यस्तै सांघाई, हङकङ र गोङजाउमा बाणिज्य दुतावास रहेको छ । चीनको तर्फबाट भने न्युजिल्याण्डको राजधानी वेलिङ्टनमा दुतावास रहेको छ ।

न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिप्किन्स आजबाट चीनको भ्रमणमा गएका छन् । उनको भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ ।चीन र न्युजिल्याण्डबिच केही समयदेखि उच्चस्तरिय भ्रमण भएको थिएन । पछिल्लो क्रममा सन् २०१९ मा न्युजिल्याण्डकी प्रधानमन्त्री जसिण्डा आर्डेन चीन भ्रमणमा गएकी थिईन् । उता चीनको तर्फबाट पनि सन् २०१९ मार्चमा चीनका सांस्कृति तथा पर्यटन मन्त्रीले न्युजिल्याण्डको भ्रमण गरेका थिए । त्यसयता कुनै पनि औपचारिक भ्रमण दुवै तर्फबाट भएका छैनन् ।

सन् २०१४ नोभेम्बरमा चीनका राष्ट्रपति सि जिङ पिङले न्युजिल्याण्डको ३ दिने राजकिय भ्रमण गरेका थिए ।
त्यस्तै सन् २००३ मा तत्कालिन राष्ट्रपती हुँ जिङ ताउ र सन् १९९९मा राष्ट्रपती जियाङ जेमिनले न्युजिल्याण्डको औपचारिक भ्रमण गरेका थिए ।

न्युजिल्याण्डको तर्फबाट भने जसिण्डा अगाडि अन्य प्रधानमन्त्रीले लगातार चीनको भ्रमण गरेका थिए ।
पुर्व प्रधानमन्त्रीहरु बिल ईंग्लिस, जोन की, हेलन कार्ल्क, जेनी सिप्ले लगायतले चीनको औपचारिक भ्रमण गरेका थिए ।

सम्बन्धित समाचार

सबै