291
Shares
न्युजिल्याण्ड क्रिकेटका कप्तान केन विलियम्सनले भारतमा ओक्टोबरमा आयोजना हुने एकदिवसीय विश्वकप खेल्ने सम्भावना बढेर गएको छ । उनको चोटमा उल्लेख्य सुधार आएकाले उनले न्युजिल्याण्डको तर्फबाट टिमको नेतृत्व गर्ने तयारी गरेका छन् । एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल)मा चोट लागेको कारण विलियम्सन लामो समय मैदानबाट बाहिर छन् । उनी यसै वर्ष आयोजना भएको आईपिएलमा खेलको क्रममा घाईते भएका थिए । ३२ वर्षिय विलियम्सनलाई मेन्टरको रुपमा विश्वकपमा लाने तयारी गरिएतापनी अब उनको चोट निको हुने क्रममा रहेकाले उनलाई खेलाडीकै रुपमा मैदानमा उतार्न सकिने न्युजिल्याण्ड क्रिकेटका हेड कोच ग्यारी स्टिडले बताएका छन् ।
विलियम्सनले न्युजिल्यान्डबाट १६१ एकदिवसीय खेलमा ४७.८३ को औषतमा रन बनाएका छन् । विलियम्सनको नाममा न्युजिल्यान्डबाट १३ अन्तर्राष्ट्रिय शतक छ ।