चिनियाँ अर्बपति ज्याक मा नेपाल आईपुगे, बिहीवार पाकिस्तान जाने – New Zealand News Nepal (NZ News Nepal)

चिनियाँ अर्बपति ज्याक मा नेपाल आईपुगे, बिहीवार पाकिस्तान जाने

   June 28, 2023  

चिनियाँ खर्बपति ज्याक मा नेपाल आइपुगेका छन्।  विश्वचर्चित व्यापारिक कम्पनी अलिबाबाका संस्थापक ज्याक मा विशेष चार्टर्ड विमानमार्फत मंगलबार दिउँसो काठमाडौं आइपुगेका हुन्। उनी काठमाडौंमा अवतरण भएको पुष्टि अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले गरेका छन्।

विशेष विमान चार्टड गरेर त्रिभुवन विमानस्थल आएका ज्याक मा बिहीबार पाकिस्तान जाने कार्यक्रम रहेको नागरिक उड्डयन प्राधिकरणका अधिकारीले बताएका हुन्।

त्रिभुवन विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले विशेष विमान नेपाल आएको जानकारी दिए। अलिबाबाका संस्थापक ज्याक मा ३ दिन नेपाल बस्दा काठमाडौंको द्वारिकाज होटल र चितवनको मेघौली रिसोर्टमा जाने कार्यक्रम रहेको बताइएको छ।

मंगलबार उनले चिनियाँ दूतावासका अधिकारी भेट्ने कार्यक्रम रहेको छ।