235
Shares
चीनको भ्रमणमा रहेका न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिप्किन्सले चिनियाँ राष्ट्रपती सि जिङ पिङसँग भेटवार्ता गरेका छन् ।
बेईजिङमा दुई नेता बिच पहिलो पटक भेट भएको हो ।
भेटका क्रममा न्युजिल्याण्ड र चीनबिचको सम्बन्धका बारेमा चर्चा भएको थियो । राष्ट्रपती सि सँग भेटेपछि प्रधानमन्त्री हिप्किन्सले पत्रकार सँग कुरा गर्दै आफुहरु बिच दुई देश बिच रहेको आर्थिक र सामाजिक सम्बन्धलाई मजबुत बनाउने बिषयमा कुरा भएको बताएका छन् । भेटकाक्रममा न्युजिल्यान्ड र चीनबीचको ५० वर्ष पुरानो कूटनीतिक सम्बन्धका बारेमा समेत कुरा भएको प्रधानमन्त्रीले बताए ।
आईतबार बेईजिङ पुगेका प्रधानमन्त्री हिप्किन्स भोली चीनका अन्य दुई शहरको भ्रमणमा जाने छन् । २९ जनाको भ्रमण टोली शुक्रबार न्युजिल्याण्ड फर्किदै छ ।