नेपालको राजनिती: प्रचण्ड सरकार ढल्ने खतरा – New Zealand News Nepal (NZ News Nepal)

नेपालको राजनिती: प्रचण्ड सरकार ढल्ने खतरा

   June 28, 2023  

सत्ता गठवन्धनमा भएका तीन दल र संसदीय राजनीतिमै नभएको नेकपा माओवादी मिलेर समाजवादी मोर्चा बनाएपछि अहिले राजनीतिक माहौल तरंगित छ। खासगरी यसको असर सरकार, गठवन्धन र नेकपा माओवादी केन्द्रको आन्तरिक समिकरणमा देखिएको छ।

मोर्चाका कारण झस्किएको नेपाली कांग्रेस एमालेसँग मिलेर सरकार गठनको गृहकार्य गरिरहेको छ भने यही मौकाको फाईदा लिएर नेकपा एमाले नयाँ समिकरण वनाउने र सत्तामा फर्किने रणनीतिमा छ। अर्कोतर्फ मोर्चा गठनकै कारण अध्यक्ष पुष्पकमल दाहालको उत्तराधिकारी वन्ने होडमा रहेका दुई नेताबीच सुलह भएको छ।

समाजवादी मोर्चामा आएका नेत्रविक्रम चन्द ‘विप्लव’ कारण वर्षौदेखि आन्तरिक संघर्षमा रहेका वर्षमान पुन र जनार्दन शर्माबीच घनिष्ठता बढेको छ। माओवादी र राजनीतिक वृत्तमा अब माओवादीको महासचिव विप्लव हुने चर्चा चल्न थालेपछि पुन र शर्मा झस्केका छन् ।

माओवादीमा अहिले देव गुरुङ महासचिव छन्। चर्चामै नरहेका गुरुङ महासचिव बन्नुमा पनि दुई नेताको गुटबन्दी नै कारण हो। दुई मध्ये एकलाई महासचिव वनाउने योजनामा रहेका दाहालले साइजमै राख्न गुरुङलाई अघि सारेका थिए।

अहिले विप्लवको इन्ट्रीले झन् पछि पर्ने निष्कर्षसहित दुई नेता नजिकिएको शर्मा निकट एक नेताले वताए । विप्लवलाई मोर्चामा भित्र्याएर महासचिव वनाउने योजनाकार भने कृष्णबहादुर महरा हुन। यसरी एकाएक महरा र विप्लव एक भएर विप्लवलाई अगाडि वढाउने योजना अगाडि आएपछि पुन र शर्मा पनि एक हुने देखिएको हो।

वर्षमान पुनले विप्लवलाई महासचिव मान्न आफुहरु तयार रहेको सार्वजनिक अभिब्यक्ति दिईसकेका छन्। तर, विप्लवलाई तत्कालै महासचिव स्वीकार्न हुन्न भन्नेमा पुन र शर्मा एकठाउँ छन् । विप्लवलाई महासचिव बनाउनुभन्दा आफूहरूमध्ये एक जना महासचिव हुनुपर्छ भन्नेमा उनीहरू छन्।

यि दुई नेता खासगरी माओवादी विभाजित भएपछि उदाएका हुन। माओवादीले ‘जनयुद्ध’ सुरु गर्दा दुवै नेताहरू केन्द्रीय तहमा थिएनन् । ०६९ साल असारमा माओवादी विभाजन भएपछि विस्तारै उनीहरु पार्टीको संगठनमा हावी हुन थालेका हुन।

दुवैमा एकभन्दा अर्को सिनियर हुने प्रतिस्पर्धा छ। अध्यक्ष दाहालले भने पुन र शर्मालाई समानान्तर ढंगले नेतृत्व दिदै आएका छन्। उनले कहिले कुनै नेतालाई नजिक राख्ने र कहिले कुनै नेतालाई टाढा राख्ने काम गर्दै आएका छन् । तर, उनीहरु बीचको अन्तरसंघर्ष पेचिलो छ।

समाजवादी मोर्चा बनेपछि भने एकाएक घनिष्ठता बढेको शर्मानिकट एक नेता बताउँछन् । जसको कारक समाजवादी मोर्चामा आएका विप्लव भएको बताइन्छ ।