249
Shares
६ दिने चीन भ्रमण सकेर न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिप्किन्स आज न्युजिल्याण्ड फर्किदै छन् ।
२९ जना उच्चस्तरिय भ्रमण टोलीसहित आईतबार बेईजिङ गएका प्रधानमन्त्री हिप्किन्स आफ्नो भ्रमण सकेर आज न्युजिल्याण्ड फर्किन लागेका हुन् ।
भ्रमणकाक्रममा न्युजिल्याण्डका प्रधानमन्त्रीले चीनका राष्ट्रपती सि जिङ पिङ, प्रधानमन्त्री लि ख लगायतका चिनिँया अधिकारीहरु सँग भेट गरेका थिए । चीन र न्युजिल्याण्ड बिचको कुटनितिक सम्बन्ध स्थापना भएको ५० वर्षको अवसर पारेर प्रधानमन्त्री चीन भ्रमणमा गएका हुन् ।