375
Shares
मुस्लिम धर्मावलम्बीहरूले हिजो बिहीवार विश्वभर दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) मनाएका छन् । ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा मनाइने बकर इद मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढेका छन् ।
न्युजिल्याण्डका बिभिन्न मस्जिदमा पनि ईद मनाईएको छ ।
न्युजिल्याण्डमा रहेका इस्लाम धर्मावलम्बीहरूले अकल्याण्ड, वेलिङ्टन, डुनेडिन, क्राइसचर्च, ब्लेन्हिम, कुईन्सटाउनमा रहेका मस्जिदमा पुगेर सामूहिक रुपमा नमाज पढ्नुका साथै शुभकामना आदानप्रदान गरेका छन् ।
नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ ।
यो पर्वको अवसरमा नेपालमा आज सार्वजनिक बिदा दिएको छ ।