‘लिडरसिप’ बारे किताब लेख्दै पुर्व प्रधानमन्त्री आर्डेन

247 Shares

न्युजिल्याण्डकी पुर्व प्रधानमन्त्री जसिन्डा आर्डेनले किताब लेख्ने भएकी छिन् । उनले लिडरसिपसँग सम्बन्धित किताब लेख्न लागेकी हुन् । उनले आफुले आफ्नो प्रधानमन्त्री कालमा भोगेका चुनौती र त्यस्लाई सामाना गर्न आफुले चलेका कदमहरुको सन्दर्भमा किताब लेख्दै गरेको कुरा केही दिन अगाडि जानकारी गराएकी छिन् । आफुले राजनीतिमा भन्दा नेतृत्वमा केन्द्रित भएर किताब लेखिरहेको कुरा बताएकी हुन् । उनलाई धेरैले आफ्नो ५ वर्षे कार्यकालको बारेमा किताब लेख्न सुझाएको तर आफुले त्यसो नगर्ने बताएकी थिईन् तर पूर्ण रुपमा राजनीतिमा नभएपनी आफुले लिडरसिपको बारेमा किताब लेख्ने योजना बनाएको बताईन ।

सन् २०१७ मा पहिलो पटक न्युजिल्याण्डको प्रधानमन्त्री बन्दा आर्डेन ३७ वर्षकी थिईन्। उनी विश्वकै कान्छी प्रधानमन्त्री बनेकी थिईन् । प्रधानमन्त्री हुँदै बच्चालाई जन्म दिनु , कोरोना कालमा देशलाई कोरोना मुक्त बनाउन सफल हुनु, लगायतका बिभिन्न कार्यका कारण आर्डेन विश्वमाझ प्रशंसाको पात्र बनेकी थिईन । ५ वर्ष प्रधानमन्त्री पदमा बसेपछि उन्ले आफु अब थाकेको भन्दै गत जनवरीमा प्रधानमन्त्री पदबाट राजिनामा दिएकी थिईन् । उनले आफु फेरी राजनितीमा नआउने कुरा पनि स्पष्ट पारेकी थिईन् । अब को समय आफुले परिवारलाई दिने बताउदै आएकी आर्डेनले फुर्सदको समयमा लिडरसिपलाई लिएर किताब लेख्दै गरेको कुरा केही दिन अगाडि इस्टाग्राममार्फत जानकारी गराएकी थिईन् ।

सम्बन्धित समाचार

सबै