न्युजिल्याण्डको संसद (प्रतिनिधि सभा) सेप्टेम्बर ८ तारिक शुक्रबारको दिन बिघटन हुने भएको छ ।
५३ औं प्रतिनिधि सभाको म्याद सेप्टेम्बर ८ तारिक सम्म रहेको छ । २५ नोभेम्बर २०२० बाट सुरु भएको यो संसदको अवधी ३ वर्ष नपुग्दै सकिन लगेको हो । त्यसपछि अक्टोबर १४ मा हुने आमनिर्वाचनबाट नयाँ संसद अर्थात ५४ औं प्रतिनिधि सभा गठन हुने छ ।
न्युजिल्याण्डको संसदमा १२० सिटका लागि अक्टोबर १४ मा चुनाव हुँदै छ । संसदमा ७२ जना समानुपातिक सुचीबाट निर्वाचित हुने छन् भने बाँकी ४८ जना राजनीतिक दलको बन्दसुचीका आधारमा निर्वाचित हुने व्यवस्था छ ।
हाल न्युजिल्याण्डको संसदमा ५ वटा पार्टीको प्रतिनिधित्व रहेको छ जस्मा सत्तारुढ दल लेबर पार्टीको ६५ सिट रहेको थियो, ६५ मध्ये ३ सांसदको राजिनामा दिएपछि अहिले लेबर सँग ६२ सिट रहेको छ । त्यस्तै लेबरलाई सरकारमा सहयोग गरेको ग्रिन पार्टीको १० सिट छ ।
त्यस्तै प्रमुख प्रतिपक्षमा रहेको नेशनलको ३४ सिट, एसीटीको १० सिट र माओरी पार्टीको २ सिट र स्वतन्त्र २ सिट रहेको छ ।
नयाँ निर्वाचनले नयाँ जनादेश दिने छ । अब हुन लागेको निर्वाचनमा पहिलो दल कुन बन्ने छ र कस्को सरकार बन्ने छ त्यो भने समयले बताउने छ ।


