प्रधानमन्त्री हिप्किन्स युरोप प्रस्थान ! बेल्जियम, स्विडेन र लिथुवानिया जाने

251 Shares

न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिप्किन्स एक साता लामो युरोप भ्रमणका लागि ब्रसेल्स प्रस्थान गरेका छन् । न्युजिल्याण्ड र युरोपियन युनियन बिच हुने फ्री ट्रेड सम्झौतामा हस्ताक्षर समारोहमा सहभागी हुन प्रधानमन्त्री बेल्जियमको राजधानी ब्रसेल्स गएका हुन् । ब्रसेल्स पछि उनी नाटो समिटमा सहभागी हुन लिथुवानिया जाने छन् । लिथुवानियाको राजधानीमा नाटो समिट आउदो जुलाई ११ र १२ तारिकको दिन आयोजना हुँदै छ । समिट सकेर प्रधानमन्त्री स्विडेन भ्रमणमा समेत जाने छन् । प्रधानमन्त्री १४ जुलाईमा न्युजिल्याण्ड फर्किने कार्यक्रम छ ।

फर्किदा प्रधानमन्त्री युक्रेन पनि जान सक्ने बताईएको छ तर यसबारेमा भने सरकारको तर्फबाट कुनै जानकारी गराईएको छैन । स्रोतमा अनुसार प्रधानमन्त्रीले युक्रेनको ‘सर्प्राईज भ्रमण’ गर्न सक्ने छन् ।

सम्बन्धित समाचार

सबै