NZ Election: ग्रिन पार्टीद्वारा निर्वाचन घोषणा पत्र जारी

290 Shares

न्युजिल्याण्डमा अक्टोबरमा हुन गईरहेको आमनिर्वाचनका लागि सत्तारुढ दल ग्रिन पार्टीले आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ । ४२ पेजको उक्त घोषणा पत्रमा निर्वाचन जितेर पुन: आफुहरु सरकारमा गए के के गर्ने बारे उल्लेख गरिएको छ । घोषणापत्र मुख्यत जनता, प्रकृति, समाजिक उत्तरदायित्व, जलवायु परिवर्तन, महिला बालबालिका, रोजगार, व्यापार, महगाँई नियन्त्रण लगायतका बिषयमा केन्द्रित रहेको छ । ग्रिन पार्टीको तर्फबाट हाल संसदमा ९ सांसद रहेका छन् । अघिल्लो निर्वाचनमा ग्रिनले १० सिट जितेको थियो । ग्रिनले लेबर सँग मिलेर सरकारमा साझेदारी गरेको छ । आउदो निर्वाचनमा लेबरको बहुमत आए वा लेबर ठुलो दल बने ग्रिनले साथ दिएर लेबर कै नयाँ सरकार बन्ने छ । तर नेशनलले बढि सिट जिते उस्ले अर्को दल एसिटीसँग मिलेर सरकार बनाउन सक्ने छ ।

ग्रिन पार्टीको घोषणा पत्र पढ्न यहाँ क्लिक गर्नु होला

सम्बन्धित समाचार

सबै