न्युजिल्याण्डका प्रधानमन्त्री हिप्किन्स स्विडेनमा, स्विडेनका प्रधानमन्त्रीसँग भेट

232 Shares

न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिप्किन्स र स्विडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसनबिच भेट भएको छ ।
युरोप भ्रमणमा रहेका प्रधानमन्त्री हिप्किन्स हिजो बेल्जियमबाट स्विडेन गएका थिए । स्विडेनको राजधानीमा रहेको सागेर प्यालेसमा दुई नेता बिच भेट भएको हो । भेटमा स्विडेन र न्युजिल्याण्डबिच रहेको सम्बन्धका बिषयमा चर्चा भएको थियो । प्रधानमन्त्री हिप्किन्सले स्वतन्त्र व्यापार सम्झौता सफल पार्न सहयोग गरेकोमा स्विडेनका प्रधानमन्त्रीलाई धन्यवाद दिएका थिए । भेट पछि पत्रकार सँग कुरा गर्दै प्रधानमन्त्री हिप्किन्सले स्विडेनमा न्युजिल्याण्डको वाइन निकै चर्चित रहेको कुरा प्रधानमन्त्रो क्रिस्टरसनले आफुलाई जानकारी दिएको बताए । प्रधानमन्त्री हिप्किन्स स्विडेनबाट नाटो सम्मेलनमा भाग लिन लिथुवानिया जाने छन् ।

सम्बन्धित समाचार

सबै