हेलिकप्टर दुर्घटनामा एक नेपाली पाईलट र ५ मेक्सिकन पर्यटकसहित ६ जनाकै मृत्यु – New Zealand News Nepal (NZ News Nepal)

हेलिकप्टर दुर्घटनामा एक नेपाली पाईलट र ५ मेक्सिकन पर्यटकसहित ६ जनाकै मृत्यु

   July 12, 2023  

सोलुखुम्बुको लामजुरामा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार ६ जनाकै शव फेला परेको छ।

सुर्केबाट काठमाडौंका लागि उडेको सो हेलिकप्टर १५ मिनेटमा सम्पर्क बिहीन भएको थियो। खोजी टोली परिचालन पछि हेलिकप्टर लामजुरामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो।

मृतकहरुको पहिचान खुलेको छैन। नागरिक उड्डयन प्राधिकरणले भने हेलिकप्टरमा सवार ६ जनाको विवरण सार्वजनिक गरेको छ। हेलिकप्टरमा ५ जना मेक्सिकन नागरिक र एकजना पाइलट थिए।

हेलिकप्टरमा पाइटल सी बी गुरुङ, मेक्सिकन नागरिकहरु सिफुइन्टेस जी फर्नान्डो, गोनजालेज अब्रिक, गोनजालेज ओलासियो लुच, सिफुइन्टेस जी मारिया जोस र रिनकन इस्माइल थिए।