327
Shares
अकल्याण्डमा जारी बस चालकहरुको हड्ताल भोलीबाट थप एक हफ्ता हुने भएको छ । आउदो जुलाई २४ तारिकसम्म बस सेवा बन्द रहने छ । आफुहरुको माग पुरा नभएको भन्दै बस चालकहरुले बस सेवा बन्द गर्न लागेका हुन् । अकल्याण्डका बस चालकको पारिश्रमिक कम भएको र कम्तिमा प्रती घण्टा ३० डलर बनाउन माग गरिएको छ । अकल्याण्डका बस ड्राइभरहरूले वेलिङ्टन क्राइस्टचर्च र डुनेडिनका ड्राइभरहरू जस्तै $ ३० डलर प्रति घण्टाको पारिश्रमिक दिन आग्रह गरिरहेका छन् । त्यस्तै बस चालकहरुको सुरक्षा र काम गर्ने अवधीको बारेमा पनि माग गरिएको छ । सोही माग राखेर उनिहरुले गत सोमबार देखि अकल्याण्डमा बस सेवा बन्द गरेका हुन् ।