350
Shares
सरकारले देशमा भईरहेका बिभिन्न खाले अपराधमा बालबालिकाको प्रयोग बढेको भन्दै नयाँ कानुन ल्याएको छ ।
पत्रकारहरु सँग कुरा गर्दै प्रधानमन्त्री क्रिस हिप्किन्सले अपराध गराउन बालबालिकाको प्रयोग गरे १० वर्षसम्मको जेल सजाय हुने बताएका छन् ।
“बालबालिकालाई अपराध गर्न प्रयोग गर्नु कायरता, शोषण र उनिहरुको जीवन बर्बाद गर्नु हो, यसको परिणाम गम्भीर हुनुपर्छ,” प्रधानमन्त्री हिप्किन्सले भने ,
“त्यसैले, सरकारले नयाँ कानुन ल्याएको छ जसमा १० वर्षसम्म जेल सजाय हुनेछ।”
सरकारले अपराधिक घटनामा बृद्धिलाई नियन्त्रण गर्नका लागि यो कानुन ल्याएको हो । त्यस्तै सामाजिक सन्जालमा अपमानजनक व्यवहार गर्नेलाई समेत यो कानुनले घेर्ने भएको छ ।