नेशनल र एसिटीले नयाँ सरकार बनाउने: सर्वेक्षण

302 Shares

वान न्युजले गरेको पछिल्लो राजनीतिक सर्वेक्षण अनुसार न्युजिल्याण्डमा बन्ने नयाँ सरकार नेशनल र एसिटीको संयुक्त सरकार हुने छ ।
यो सर्वेक्षणमा सहभागीहरुले नेशनलले आउदो निर्वाचनमा ३५ % सिट ल्याउन सक्ने बताएका छन् । त्यस्तै लेबर पार्टीको ३३ %, एसिटीको १२ %, ग्रिन पार्टीको १० % सिट ल्याउन सक्ने सम्भावना गरेको सर्वेक्षणले देखाएको छ ।
सर्वेक्षणको अनुसार नेशनलले ४७ सिट ल्याउने छ भने एसिटीको १५ सिट हुने छ । ६२ सिट सरकार बनाउन पर्याप्त हुन्छ । यस्तोमा नेशनल र एसिटी मिलेर सजिलै नयाँ सरकार बनाउन सक्ने छन् । १२० सांसदमध्य सरकार बनाउन न्युजिल्याण्डको संसदमा ६१ सांसदको समर्थन चाहिन्छ, जुन नेशनल र एसिटी मिलेर सम्भव हुने यो सर्वेक्षणले देखाएको हो ।

 

सम्बन्धित समाचार

सबै