353
Shares
अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज दुई दिने भ्रमणका लागि न्युजिल्याण्ड आउने भएका छन् । उनी अर्को साता न्युजिल्याण्डको भ्रमण गर्ने छन् ।
अल्बानिजको यो भ्रमण अष्ट्रेलियाको प्रधानमन्त्री भएपछिको पहिलो न्युजिल्याण्ड भ्रमण हो । उनी जुलाई २६ र २७ तारिकको दिन न्युजिल्याण्ड आउने छन् । उनको राजधानी वेलिङ्टनमा प्रधानमन्त्री क्रिस हिप्किन्ससँग भेट गर्ने लगायतका कार्यक्रम रहेको छ ।