अकल्याण्डको डाउनटाउनमा रहेको एक निर्माणाधिन भवनमा शंकास्पद बन्दुकधारी देखिएपछि उक्त क्षेत्रमा ठुलो मात्रा मा प्रहरी परिचालन गरेको छ । ताजा जानकारीका अनुसार Lower Queens Street मा Britomart नजिकै यो घटना घटेको हो । बिहान ८ बजे को समयमा ८ राउण्ड गोली चलेको आवाज चलेको प्रत्यक्षदर्शीले बताएका छन् । त्यस्तै घाईते ३ जनाको उद्दार गरेर अस्पताल लगिएको समेत बताईएको छ ।
उनिहरुको अवस्था गम्भिर रहेको St. Johns ले जनाएको छ । घटनाको बारेमा थप जानकारी आउन बाँकी छ ।


