अकल्याण्ड गोलीकाण्ड: बन्दुकधारी सहित ३ जना मारिएको प्रधानमन्त्रीद्वारा पुष्टि – New Zealand News Nepal (NZ News Nepal)

अकल्याण्ड गोलीकाण्ड: बन्दुकधारी सहित ३ जना मारिएको प्रधानमन्त्रीद्वारा पुष्टि

   July 20, 2023  

अकल्याण्डमा आज बिहान भएको गोलिकाण्डमा एक शंकास्पद बन्दुकधारी सहित ३ जनाको ज्यान गएको पुष्टि भएको छ । उक्त घटनामा परि ६ जना घाईते भएको प्रधानमन्त्री क्रिस हिप्किन्सले बताएका छन् ।

अकल्याण्डको डाउनटाउनमा रहेको एक निर्माणाधिन भवनमा आज बिहान ७:२३ मा शंकास्पद बन्दुकधारी देखे पछि प्रहरीलाई खबर गरिएको थियो । ७:३४ मा प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीको टोली उक्त भवनमा प्रवेश गरेर बन्दुकधारीको खोजी गरेका थिए । प्रहरी आएको थाहपाएपछि बन्दुकधारी लिफ्टमा लुकेको र प्रहरी देख्ना साथ गोली चलाए पछि प्रहरीले जवाफी फायर गरेको थियो । बन्दुकधारीको गोली लागेर दुई जना प्रहरीको मृत्‍यु भएको र प्रहरीको गोली लागेर बन्दुकधारी पनि मारिएको प्रधानमन्त्री हिप्किन्सले जानकारी दिएका छन् ।