महिला विश्वकप : न्युजिल्याण्डको विजयी सुरुवात, अर्को खेलमा अष्ट्रेलियाको जित

277 Shares

महिला विश्वकप २०२३ मा आयोजक न्युजिल्याण्ड र अष्ट्रेलियाले विजयी सुरुवात गरेका छन् । बिहीबार इडेन पार्कमा भएको विश्वकपको पहिलो खेलमा घरेलु टोली न्युजिल्याण्डले नर्वेलाई १-० गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेको हो।

खेलको ४८औं मिनेटमा ह्याण्डको पासमा विल्किन्सले गोल गर्दै घरेलु टोलीलाई पहिलो जित दिलाएकी हुन्।  समूह ए मा रहेको न्युजिल्याण्डलाई नर्वेले पहिलो हाफमा गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा सम्हालिन सकेन।

खेलको ८७औं मिनेटमा न्युजिल्याण्डले पेनाल्टी अवसरको सदुपयोग गर्न नसक्दा अग्रता दोब्बर पार्ने मौका गुमायो। रिया पर्सिभलको पेनाल्टी अवसर सदुपयोग गर्न सकीनन्। जितसँगै घरेलु टोली न्युजिल्याण्ड समूह ए को शीर्ष स्थानमा छ।  अर्को खेलमा साझा आयोजक अष्ट्रेलियाले रिपब्लिक अफ आयरल्यान्डलाई १-० ले पराजित गर्दै विश्वकपमा विजयी सुरुवात गरेको हो।
खेलको ५२ औं मिनेटमा स्टेफ क्याटलीले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएकी हुन्।

जितसँगै अष्ट्रेलिया समुह बी को शीर्ष स्थानमा उक्लिएको छ। विश्वकपको उद्घाटन खेलमा दुवै आयोजकले विजयी सुरुवात गरेका हुन्।

सम्बन्धित समाचार

सबै