सत्तारुढ दलकै सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा – New Zealand News Nepal (NZ News Nepal)

सत्तारुढ दलकै सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

   July 26, 2023  

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन्।

बुधबार संसद बैठकमा बोल्दै उनले सय किलो सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गरेका हुन्।

‘कि मुख्य नाइके पक्रिनुपर्यो, होइन भने मुख्य नाइके पत्ता नलागेसम्म प्रजातान्त्रिक व्यवस्थालाई स्वीकार गर्नुपर्छ’ उनले भने।

उनले प्रधानमन्त्रीको आगमन भएपछि संसदभित्र आमरण अनसन बस्ने चेतावनीसमेत दिए।