एक वर्षमा ७६ हजार वर्क भिसा, ३ लाख टुरिष्ट भिसा र ७४ हजार स्टुडेन्ट भिसा स्विकृत

1K Shares

गत जुलाई ३१ तारिकका दिन कोभिड पछि बन्द रहेको न्युजिल्याण्डको बोडर पूर्ण रुपमा खुलेको एक वर्ष पुरा भएको छ ।
सन् २०२२ जुलाई ३१ बाट न्युजिल्याण्डको बोडरमा लागेको सबै नियम हटेर झन्डै अढाई वर्षपछि न्युजिल्याण्डको बोडर पूर्ण रुपमा खुलेको थियो ।
बोडर खुलेसँगै बिभिन्न भिसामा न्युजिल्याण्ड आउनेको संख्या पनि बढेको छ ।

यो एक वर्षमा न्युजिल्याण्ड अध्यागमन बिभागले ६५ हजार ५६ जनालाई वर्किङ होलिडे स्किम अन्तरगतको वर्क भिसा दिएको छ । त्यस्तै १० लाख बढीलाई न्युजिल्याण्ड प्रवेश गर्ने अनुमती दिएको छ , यस्मा अष्ट्रेलियाका नागरिक र भिसा वेवर देशका नागरिकहरु रहेका छन्।

वर्क भिसामा आउनेको संख्या पनि यो एक वर्षमा बढेको छ । मान्यता प्राप्त कम्पनी अर्थात Accredited वर्क भिसा अन्तर्गत ७६ हजार ६१५ लाई न्युजिल्याण्डमा काम गर्ने अनुमती दिईएको छ । त्यस्तै ३ लाख ३९ हजार २१८ लाई भिजिट भिसा प्रदान गरियो भने पछिल्लो एक वर्षमा ७४ हजार १४१ अन्तरराष्ट्रिय बिद्यार्थीलाई स्टुडेन्ट भिसा प्रदान गरिएको छ ।

सम्बन्धित समाचार

सबै