प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ। शनिबार उनीहरूबीच टेलिफोन वार्ता भएको भारतीय दूतावासले जनाएको छ। काठमाडौंस्थित भारतीय दूतावासले एक विज्ञप्ति जारी गर्दै नेपाल–भारत सहयोगको विभिन्न पक्षमा उनीहरूबीच टेलिफोनमा वार्ता भएको जनाएको छ।
प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा भएका छलफलका विषयमा पनि कुराकानी भएको दूतावासले जनाएको छ।
टेलिफोन कुराकानीले दुई देशबीच रहेको उच्च राजनीतिक तहमा रहेको समझदारीलाई निरन्तरता दिएको बताइएको छ।


