सुन काण्डबारे बोल्दा सरकारले सांसद सुनिल शर्मामाथि प्रतिशोध साँध्यो : शेखर कोइराला – New Zealand News Nepal (NZ News Nepal)

सुन काण्डबारे बोल्दा सरकारले सांसद सुनिल शर्मामाथि प्रतिशोध साँध्यो : शेखर कोइराला

   August 13, 2023  

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सुन काण्डका बारेमा बोल्दा सरकारले सांसद सुनिल शर्मामाथि प्रतिशोध साँधेको आरोप लगाएका छन्। भक्तपुरको कौशलटारमा नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं २ ले आयोजना गरेको क्षेत्रीय सभामा उनले यस्तो आरोप लगाएका हुन्।राजनीतिमा प्रतिशोध साँध्ने प्रवृत्ति राम्रो नभएको उनले बताए । राजनीतिमा प्रतिशोधले व्यक्ति मात्रै नभई पार्टी र देशलाई नै क्षति पुर्‍याउने भनाइ उनको थियो।

प्रतिशोधको भावना सुरू भए राजनीति नै नरहने र त्यसले व्यक्ति, दल र देशलाई क्षति पुर्‍याउने उनले बताए।

यसैगरी राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण र अनुसन्धान विभाग प्रधानमन्त्रीको मातहतमा राख्न नहुने धारणा पनि उनले राखेका थिए।