एक युगको अन्त्य: एयर न्युजिल्याण्ड टिल टेलको अन्तिम बिमान, अब कालो र सेतो रङमा आउने

324 Shares

एयर न्युजिल्याण्ड टिल टेलको अन्तिम बिमानले आज अन्तिम उडान गरेको छ । एयर न्युजिल्याण्डको कल साईनको ZK-NEO ले आज दिनभरि ५ उडान गरेको थियो । आज बिहान क्राइसचर्चबाट नेल्सन गएको उक्त बिमान साझ वेलिङ्टनबाट बेल्हिम अवतरण गरेको छ । नेल्सनबाट वेलिङ्टन, वेलिङ्टनबाट तउरङा, तउरङाबाट पुन: वेलिङ्टन र वेलिङ्टनबाट बिमान बेल्हिम आईपुगेको हो । अब बेल्हिममा यस्को रुप रङ परिवर्तन गरिने छ अर्थात यस्लाई अन्य बिमान सरह कालो र सेतो रङ लगाईने छ । अहिले यस्को रङ निलो रहेको छ र एयर न्युजिल्याण्डको टिल टेल अर्थात निलो पुच्छर भएको यो मात्र बिमान बाँकी रहेको थियो । सन् २००० को दशकमा teal Pacific Wave livery को रुपमा एयर न्युजिल्याण्डका केही बिमानमा यहि रङ लगाईएको थियो । टिल टेलको ईतिहास भने ८० वर्ष भन्दा बढीको रहेको छ । टिल अर्थात तास्मान एम्पायर एयरवेज लिमिटेड जुन एयर न्युजिल्याण्डको पुरानो नाम समेत हो । अन्तिम बिमान पनि नयाँ रुप रङमा आउने भएपछि उडान क्षेत्रमा यस्लाई एक युगको अन्त्य भएको बताईएको छ ।

 

सम्बन्धित समाचार

सबै