कोभिड नियन्त्रणका लागि लगाईएको सबै नियम भोलीबाट हट्दै, यि दुई नियम फुकुवा हुने

761 Shares

न्युजिल्याण्ड सरकारले भोलीबाट कोभिड नियन्त्रणका लागि लगाएको सम्पूर्ण नियम हटाउने भएको छ । गत वर्षको सेप्टेम्बरमै अधिकांश नियम हटाईसकेको सरकारले भोली अर्थात मंगलबारबाट बाँकी रहेका दुई नियम पनि हटाउदै छ । यि नियमहरुमा कोभिड लागेपछि ७ दिन आईसोलेसन बस्नै पर्ने नियम र केही स्वास्थ्य क्षेत्रमा अनिवार्य मास्क प्रयोगको नियम रहेको छ । अब भने कोभिड लागिहाले कति दिन आईसोलेसन बस्नु पर्ने भन्ने हुँदैन, आफुले चाहे अनुसार आईसोलेसन बस्ने वा काममा फर्किने यो व्यक्तिगत निर्णय हुनेछ । तर काममा फर्किन वा आईसोलेसन मुक्त हुन कोभिड नेगेटिभ भने आउनु पर्ने छ ।

त्यस्तै हस्पिटल, फार्मेसी, मेडिकल सेन्टर, रेस्ट होम, एज केयर लगायतका केही स्वास्थ्य क्षेत्रमा लगाईएको अनिवार्य मास्कको नियम पनि हट्ने छ । मास्कको प्रयोगलाई अब मानिसको आफ्नो ईच्छाको रुपमा लिईने छ । सन् २०२० मार्च अन्तिमबाट लगाईएको कोभिडका प्रतिबन्धहरु अब पूर्ण रुपमा फुकुवा भएका छन् ।

सम्बन्धित समाचार

सबै