आज थपिए हिजो भन्दा दोब्बर कोरोना संक्रमित – New Zealand News Nepal (NZ News Nepal)

आज थपिए हिजो भन्दा दोब्बर कोरोना संक्रमित

   September 11, 2021  

न्युजिल्याण्डमा आज २३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो संख्या हिजो थपिएको संक्रमितको संख्याभन्दा दोब्बर हो । हिजो ११ जनामा संक्रमण देखिएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार आज भेटिएका सबै संक्रमित अकल्याण्डका हुन् । न्युजिल्याण्डमा कोरोना संक्रमितको संख्या ९०२ पुगेको छ । जसमध्ये १९ जनाको अस्पतालमा उपचार भईरहेको छ ।