संसद्‌मा एमालेको चर्को नाराबाजी, बैठक आईतबारसम्मलाई स्थगित – New Zealand News Nepal (NZ News Nepal)

संसद्‌मा एमालेको चर्को नाराबाजी, बैठक आईतबारसम्मलाई स्थगित

   August 14, 2023  

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसद् अवरोध गरेको छ। सोमबार दिउँसो बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन्।  उनीहरुले संसदीय मर्यादा कायम गर, उच्चस्तरीय छानबिन समिति गठन गर लगायतका माग राख्दै संसदमा नाराबाजी गरिरहेको छ।

एमालेको अवरोधपछि सभामुख देवराज घिमिरेले भदौ ३ गतेसम्मका लागि बैठक स्थगित गराएका छन्। एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट बरामद भएको एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद् अवरोध गर्दै आएको छ।

राजनीतिक दलका शीर्ष नेताहरूसँग सभामुखसहित पटक पटक छलफल भएपनि यो विषयमा सहमति जुट्न सकेको छैन।  उच्चस्तरीय छानबिन समिति नबनाएसम्म संसद् चल्न नदिने एमालेको अडान छ।