न्युजिल्याण्डमा ३ बहुप्रतिक्षित नेपाली चलचित्र प्रदर्शन हुँदै – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डमा ३ बहुप्रतिक्षित नेपाली चलचित्र प्रदर्शन हुँदै

   August 16, 2023  

न्युजिल्याण्डका बिभिन्न शहरहरुमा ३ बहुप्रतिक्षित नेपाली चलचित्रहरु प्रदर्शनमा आउने भएका छन् ।
नेपालीज वारियर्स फूटबल क्लबले यि चलचित्रलाई न्युजिल्याण्डमा प्रदर्शन गर्न लागेको हो ।

आउँदो सेप्टेम्बर १५ मा प्रदर्शनमा आउन लागेको अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको चलचित्र नाङ्गो गाउँ, नोभेम्बर १० मा रिलिज हुने निश्चल बस्नेत निर्देशित चलचित्र दिमाग खराब र अर्को वर्ष मार्चमा प्रदर्शनमा आउने  महजात्रा चलचित्र न्युजिल्याण्डमा पनि प्रदर्शन हुने भएको हो ।

यि ३ वटै चलचित्रको न्युजिल्याण्ड राइट्स नेपालीज वारियर्स फूटबल क्लबले किनेको छ । क्लबले न्युजिल्याण्डका बिभिन्न शहरमा यि चलचित्र प्रदर्शन गर्न ईच्छुकलाई सम्पर्क गर्न समेत आवहान गरेको छ । नर्थ आईल्याण्डमा प्रदर्शन गर्न हरि सापकोटालाई 0223980918 मा सम्पर्क गर्न सकिने छ भने साउथ आईल्याण्डका लागि बिकास माझीलाई 0225061059 मा फोन गर्न सकिने छ । क्लबले हाम्रो ईभेन्ट्सको सहयोगमा यि चलचित्रलाई न्युजिल्याण्डमा प्रदर्शन गर्न लागेको हो ।