दुई केजी गाँजा सहित अकल्याण्ड प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दक्षिणी अकल्याण्डको सिमामा लकडाउनमा सवारी जाचँ गर्नेक्रममा दुइजनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार जाँचको क्रममा उनिहरुको गाडीबाट गाँजाको गन्ध आएको र त्यस्कै आधारमा खोजतलास गर्दा दुई केजी गाँजा भेटिएको हो । अत्यावश्यक सेवामा काम गर्ने दुईजनालाई प्रहरी पक्राउ गरेको हो । उनिहरु ३६ र ५२ वर्षका भएको प्रहरीले जनाएको छ । उनिहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।


