सुन तस्करी: कृष्णबहादुर महराका छोरा राहुल पक्राउ – New Zealand News Nepal (NZ News Nepal)

सुन तस्करी: कृष्णबहादुर महराका छोरा राहुल पक्राउ

   August 31, 2023  

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले राहुललाई बुधबार पक्राउ गरेको हो। राहुललाई अनुसन्धानका लागि पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले बताए।

विद्युतीय चुरोट (भेप)मा सुन तस्करी प्रकरणमा सीआईबीले राहुललाई पक्राउ गरेको हो। यसमा सीआईबीले माओवादी नेता कृष्णबहादुर महरामाथि पनि अनुसन्धान गरिरहेको छ। राहुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा समातिएको सुन छुटाउन दबाब दिएको सीआईबीले जिल्ला अदालत काठमाडौंमा दर्ता गरेको अभियोगपत्रमा उल्लेख छ।

सुन तस्करीमा संलग्न व्यक्तिसँग पूर्व सभामुख महरा र राहुलको बारम्बार टेलिफोन संवाद भएको अनुसन्धानमा देखिएको थियो। त्यसका आधारमा सीआईबीले अनुसन्धान अगाडि बढाएको थियो।