अकल्याण्ड-दोहा सिधा हवाई उडान पुन: सुचारु – New Zealand News Nepal (NZ News Nepal)

अकल्याण्ड-दोहा सिधा हवाई उडान पुन: सुचारु

   September 3, 2023  

न्युजिल्याण्डको अकल्याण्ड र कतारको दोहा बिच सिधा हवाई उडान पुन: सुचारु भएको छ । कोरोना महामारीका बिच न्युजिल्याण्डमा बन्द भएको बोडरका कारण दोहाबाट अकल्याण्ड सिधा हवाई उडान प्रभावित भएको थियो । अकल्याण्ड -दोहा- अकल्याण्ड रुटका लागि अष्ट्रेलियाको एडिलेडलाई ट्रान्जिट बनाईएको थियो । तर अब भने अकल्याण्डबाट दोहाका लागि सिधा हवाई सेवा सुरु भएको छ । ३ वर्ष पछि दोहाबाट शनिबार कतार एयरको एयरबस ३५० बिमान अकल्याण्ड अवतरण गरेको छ । अकल्याण्ड दोहा हवाई सेवा विश्वकै तेस्रो सबैभन्दा लामो हवाई उडान हो । अकल्याण्ड बाट दोहा पुग्न १७ घण्टा १५ मिनेट लाग्दछ । कतार एयरको फ्लाईट नम्बर क्युआर ९२० ले दोहाबाट राती ०१ ५० बजे उडान भर्ने छ भने अर्को दिन अकल्याण्डमा राती ०२४५ अवतरण हुने छ । त्यस्तै सोही दिन अकल्याण्ड बाट फ्लाईट नम्बर क्यु आर ९२१ दिउसो ३ बजे दोहाको लागि उड्ने र सोही दिन राती ११:१५ बजे दोहा अवतरण हुने छ । सिधा हवाई उडान प्रभावित भए पछि सुरु गरिएको अकल्याण्ड एडिलेड दोहा रुट भने तत्काल बन्द नगरिने भएको छ । कतार एयरको नियमित बिमानले उक्त उडान जारी राख्ने भएको छ ।