एसिया कप अन्तर्गतको खेलमा भारत सँग नेपाल पराजित भएको छ । श्रीलंकाको कान्डीस्थित पालकेले क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतलाई २३१ रनको चुनौती दिएको थियो । तर वर्षाका कारण बारम्बार खेल अबरुद्द भएपछि खेल २३ ओभरमा खेलाईएको थियो । त्यसोमा भारतले २३ ओभरमा १ सय ४५ को लक्ष्य पाएको थियो । भारतले उक्त लक्ष्य १७ बल अगावै बिना विकेट गुमाई प्राप्त गरेको छ । भारतको तर्फ बाट कप्तान रोहित शर्माले ७४ रन र शुभमन गिलले ६७ रन बनाउदै भारतलाई जित दिलाएका हुन् । अब भारतले पाकिस्तान सँग आईतबार प्रतिस्पर्धा गर्दै छ ।
नेपालले दिएको २ सय ३१ रनको लक्ष्य पछ्याएको भारतले २.१ ओभरको खेल जारी रहँदा पानी परेपछि खेल रोकीएको थियो ।
२.१ ओभरमा भारतले विना विकेटको क्षति १७ रन बनाएको थियो । त्यस्को केही समय पछि खेल पुन: २३ ओभर खेलाईएको थियो ।