हिक्मत कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउन सर्वोच्चको परमादेश – New Zealand News Nepal (NZ News Nepal)

हिक्मत कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउन सर्वोच्चको परमादेश

   September 8, 2023  

सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्रीमा सबैभन्दा ठूलो दलको नेता हिक्मत कार्कीलाई ४८ घण्टाभित्र नियुक्त गर्न आदेश दिएको छ।न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको इजलासले संविधानको धारा १६८को उपधारा २ अनुसार मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाउन नसकेकाले उपधारा ३ अनुसार धेरै सांसद भएको दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको नाममा आदेश गरेको हो।

सर्वोच्चमा एमालेले विश्वासको मत बदर भई उपधारा ३ अनुसार सरकार निर्माण हुनुपर्ने माग गर्दै रिट दायर गरेको थियो। उक्त रिटमा सुनुवाई गर्दै सर्वोच्चले रिट जारी हुने आदेश गरेको हो।

योसँगै मुख्यमन्त्री उद्धव थापाले दोस्रोपटक मुख्यमन्त्री पद गुमाएका छन्।