न्युजिल्याण्डको संसद (प्रतिनिधि सभा) को अवधी आजबाट सकिदैँ छ । सरकारले आउदो अक्टोबर १४ मा आमनिर्वाचन गर्ने तयारी गरेसँगै आज बाट न्युजिल्याण्डको हालको संसद बिघटन हुन लागेको हो ।
५३ औं प्रतिनिधि सभाको म्याद सेप्टेम्बर ८ तारिक अर्थात आज सम्म रहेको थियो ।
२५ नोभेम्बर २०२० बाट सुरु भएको यो संसदको अवधी ३ वर्ष नपुग्दै सकिन लगेको हो । अब अक्टोबर १४ मा हुने आमनिर्वाचनबाट नयाँ संसद अर्थात ५४ औं प्रतिनिधि सभा गठन हुने छ ।
न्युजिल्याण्डको संसदमा १२० सिटका लागि अक्टोबर १४ मा चुनाव हुँदै छ । संसदमा ७२ जना समानुपातिक सुचीबाट निर्वाचित हुने छन् भने बाँकी ४८ जना राजनीतिक दलको बन्दसुचीका आधारमा निर्वाचित हुने व्यवस्था छ ।


