523
Shares
न्युजिल्याण्डबाट नजिकै उत्तर क्षेत्रमा रहेको एक टापुमा शक्तिशाली भुकम्प गएको छ । शुक्रबार राती ९ बजे कर्माडेक टापुमा ६.६ रेक्टर स्केलको भुकम्प गएको हो । भुकम्पको धक्का न्युजिल्याण्डको नर्थ आईल्याण्डको अधिकांश क्षेत्रमा महसुस गरिएको छ । भुकम्पको हल्का धक्का साउथ आईल्याण्डको बेल्हिम, काईकोरा, नेल्सन लगायत पनि महसुस गरिएको थियो ।भुकम्पले तत्काल न्युजिल्याण्डमा सुनामीको खतरा नभएको बताईएको छ । भुकम्पको केन्द्रबिन्दु नर्थ आईल्याण्डको फाकातानेबाट ६७० किलोमिटर उत्तर क्षेत्रमा रहेको थियो ।