प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ।
हृदयघातका कारण मंगलबार राति करिब २ बजे उनको निधन भएको हो। बालुवाटरस्थित निवासमा हृदयघात भएपछि उनलाई महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो।
अस्पतालमा पुर्याउँदा उनको निधन भइसकेको चिकित्सकले बताएका छन्। नेम्वाङ संविधानसभा अध्यक्ष समेत हुन्।


