नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने, नेपालमा एक दिन सार्वजनिक बिदा – New Zealand News Nepal (NZ News Nepal)

नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने, नेपालमा एक दिन सार्वजनिक बिदा

   September 12, 2023  

संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । मंगलवार बसेको आकस्मिक बैठकले राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गर्दै सोही दिन सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ ।

छोराहरू विदेशबाट आइसकेपछि जुन दिन अन्त्येष्टि हुन्छ त्यसै दिन सार्वजनिक बिदा दिइने निर्णय भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बताए ।

इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङको गए राति हृदयघातका कारण काठमाडौँमा निधन भएको थियो ।