आगामी महिना हुने आमनिर्वाचनलाई लक्षित गरेर गरिएको पोलमा हालको सत्तासिन दल लेबर पार्टीले जम्मा ३४ सिट ल्याउने नतिजा देखाएको छ । न्युज हबले सेप्टेम्बर ३ तारिक देखि ९ तारिक सम्म गरेको पोलमा लेबर पार्टी ३४ सिटमा खुम्चिने नजिता सार्वजनिक भएको हो । त्यस्तै देशको सबैभन्दा ठुलो दल बन्दै नेसलनले एक्ट पार्टी सँग मिलेर नयाँ सरकार बनाउने सम्भावना रहेको पनि सोही पोलले देखाएको छ ।

नेसनलले ५३ र एक्टको १३ सिट आउने अनुमान पोलमा सहभागीहरुले गरेका छन् । त्यस्तै ग्रिन पार्टीको १६ र मओरी पार्टीको ४ सिट आउने अनुमान गरिएको छ । आउदो महिना हुने निर्वाचनलाई लक्षित गरेर बिभिन्न संचार मध्यमले अहिले निर्वाचन पोल गरिरहेका छन् । प्राय: जसो पोलमा अहिलेको सरकार ढल्ने र नेसनल पार्टीले नयाँ सरकार बनाउने नतिजा देखाएको छ ।
न्युजिल्याण्डको संसदमा सरकार बनाउन ६१ सांसदको आवश्यक पर्ने हुन्छ । नेसनल र एक्ट मिलेर नयाँ सरकार बनाउने सम्भावना बढेर गएको छ ।


