संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
नेपालको नयाँ संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका नेम्वाङको पशुपति आर्यघाटमा हिन्दु र किरात विधिअनुसार अन्त्येष्टि गरिएको हो। उनको अन्तिम बिदाईमा सहभागी हुन हजारौँ जनता आर्यघाट पुगेका थिए ।
स्व.नेम्वाङलाई प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, मन्त्रीहरु लगायतका नेता कार्याकर्ताहरुले अन्तिम श्रद्धाञ्जली दिएका थिए भने नेपाली सेनाको एक टुकडीले १७ तोपको सलामी अर्पण गरेको थियो ।


